गेजिङ जिल्लामा १२६ वटा विद्यालय प्रमुखहरूलाई लिएर अन्तरक्रिया कार्यक्रम आयोजित

IMG-20231118-WA0212.jpg

गान्तोक: गेजिङ जिल्ला प्रशासनको पहलमा हिजो क्योङसाको जिल्ला भवनमा विभिन्न विद्यालयका प्रमुखहरूलाई लिएर एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य विद्यालयमा अध्ययन गराउनको निम्ति बढावा दिनु रहेको थियो।

सो कार्यक्रममा गेजिङ जिल्लाका १२६ वटा विद्यालय प्रमुखहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा लोकसभा सांसद इन्द्र हाङ सुब्बा, गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदा लगायत अन्यहरूले पनि अंशग्रहण गरेका थिए। गेजिङ जिल्लाले यो कार्यक्रम गत जून महिनादेखि शुरू गरेको थियो भने हाल जिल्लाभरि नै यो कार्यक्रम सञ्चालन भइरहेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुब्बाले जिल्लापालद्वारा गरिएको पठनमा अनौठो पहलको प्रशंसा गरे। योक्सममा गत मई महिनामा आयोजित पहिलो सिक्किम कला र साहित्य महोत्सवलाई एकसाथ ल्याउने जुन पहल गरियो त्यसको पनि उनले सराहाना गरे। कतिपय दुर्गम क्षेत्रमा बालबालिकालाई पुस्तक नपुग्दा पढ्ने बानी जगाउन विद्यालय प्रमुखको भूमिका महत्वपूर्ण रहेको उनले जोड दिए।

यसै क्रममा जिल्लापाल हिस्से डी. योङदाले अन्तरक्रियाको क्रममा विद्यालय प्रमुखहरूलाई उनीहरूको विद्यालयमा पढ्ने बानीको प्रवर्द्धन गर्न प्रोत्साहन गरिन्। नानीहरूलाई पढ्न सिकाउनु उनीहरूको समग्र विकासको लागि एक आधारभूत पहल रहेको र पढाइले प्रभावकारी सञ्चारलाई बढावा दिने मात्र होइन, शैक्षिक सफलताको लागि आधार पनि मजबुत बनाउन सकिने उनले मन्तव्य प्रकट गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement