राष्ट्रपतिले दिए छठ पूजाको शुभकामना

aetbtlp_droupadi-murmu_625x300_12_September_23-1.jpg

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले शनिवार छठ पूजाको अवसरमा देशवासीहरूलाई शुभकामना पठाएकी छन्। राष्ट्रपतिले आफ्नो शुभकामना सन्देशमा भनेकी छन्- ”छठ पूजाको शुभ अवसरमा म आफ्ना सबै साथी नागरिकहरूलाई हार्दिक बधाई अनि शुभकामना दिन्छु।”

उनले भनिन्, छठ पूजा सूर्य देवको पूजालाई समर्पित पर्व हो। यो नदी, ताल, पोखरी एवं पानीका अन्य श्रोतहरूप्रति श्रद्धा अनि कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो। प्रकृतिसित सम्बन्धित यो पर्वले आध्यात्मिक चेतना जगाउँछ अनि पर्यावरण संरक्षणको दिशामा काम गर्नका लागि प्रेरित गर्दछ। छठ पूजाले हामीलाई आफ्नो परिवेश स्वच्छ राख्ने तथा आफ्नो दैनिक जीवनमा अनुशासनको पालन गर्ने कुरालाई सम्झाउँछ।

राष्ट्रपतिले आफ्नो सन्देशमा भनिन्- ”आउनुहोस् हामी आफ्नो जल संसाधन र पर्यावरणलाई प्रदूषण मुक्त बनाएर प्रकृति आमालाई सम्मान गर्ने संकल्प लिऔं। यस शुभ अवसरमा म सबै नागरिकहरूको खुसी र समृद्धिको लागि प्रार्थना गर्दछु।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement