जापानविरुद्ध नेपाल ६७ रनले विजयी

Screenshot_20231118_152511_Dailyhunt.jpg

काठमाडौँ: चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गरेको छ। पहिलो र दोस्रो खेलमा पराजित नेपालको यो सान्त्वना जित हो। नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन्। ११४ रनको लक्ष्य पछ्याएको जापानले २० ओभर खेल्दै १० विकेट गुमाएर ४६ रनमात्रै बनाएप५ि नेपाल ६७ रनले विजयी भएको हो।
जापानकी मेग गावाले १७ र सेइक सुमीले १३ रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। नेपालकी संगीता राई एक्लैले पाँच विकेट लिइन्। पूजा महतो र अस्मिना कर्माचार्यले दुई/दुई विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले चार विकेट गुमाएर ११३ रन बनाएको थियो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन्। यस्तै, कप्तान इन्दु बर्माले २७, पूजा महतोले १३ र सीता रानामगरले ९ रनको योगदान गरे। काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य एक रनमा अविजित रहे। जापानकी एलिना कुसुदा नायरनले दुई, मेग गावा र अयुमी फुजिकावाले एक/कए विकेट लिएका थिए। महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्। आईसीसी वरीयतामा तान्जानिया १९औं, नेपाल २१औँ, हङ्कङ २२औँ र जापान ५१औं स्थानमा छन्। तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन्।

About Author

Advertisement