कोचबिहार: आठ वर्षीया नाबालिग बलात्कारको सम्बन्धमा पुलिस थानामा उजुरी परेको दुई हप्ता बितिसक्दा पनि नाबालिगको शारीरिक परीक्षण हुन सकेको छैन। पुलिसले निस्क्रिय भएको आरोप लगाउँदै गाउँलेहरूले रामपुर–बरोबिशा राज्य सडक अवरुद्ध पारेर विरोध प्रदर्शन गरेका छन्। घटना तुफानगञ्ज–२ ब्लकको रामपुर–१ ग्राम पञ्चायतको हो। नाबालिग स्थानीय प्राथमिक विद्यालयको दोस्रो कक्षाका विद्यार्थी हुन्।
खाली घरको फाइदा उठाएर छिमेकीले बालिकालाई बलात्कार गरेको आरोप छ। परिवारका सदस्यहरूले बक्सिरहाट पुलिस स्टेशनमा उजुरी दिए र दोषीलाई कारबाही गर्न माग गरे। तर, अभियुक्त पक्राउ परे पनि पुलिसले नाबालिगको शारीरिक जाँच नगरी दुव्र्यवहार गरेको छ। त्यसैले आन्दोलनकारीहरू सडक अवरुद्धमा सामेल भएका छन्।











