काठमाडौं: नेपाल अहिले चीनको सोशियल मिडिया एप टिकटकलाई राहत दिने पक्षमा छैन। नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइएपछि चीनको उक्त कम्पनी आतिएको छ। टिकटकले लगभग तीस लाख भिडियो डिलीट गरेर नेपाल सरकारलाई पत्र लेखेको छ।
पत्रमा नेपाल सरकारसॅंग प्रतिबन्ध हटाउने आग्रह गरिएको छ। नेपालले अहिले प्रतिबन्ध फिर्ता लिन अस्वीकार गरेको छ।
उक्त कम्पनीले नेपालको टेलीकम अथोरिटीलाई पत्र लेखेर आफुहरू कानूनको दायरामा बसेर काम गर्न तयार रहेको बताएको छ। कम्पनीले लगभग २९ लाख ९८ हजार भिडियो डिलीट गरिएको जनाउॅंदै प्रतिबन्ध फिर्ता लिन अनुरोध गरेको छ।
टिकटकको दक्षिण एशियाली देशहरूका कानूनी सल्लाहकार फर्डोस मोटाकिनले नेपाल सरकारको निर्णयमा दुःख र आश्चर्य व्यक्त गरेका छन्। नेपाल सरकारले चॉंडै प्रतिबन्ध फिर्ता लिनेछ भनी उनले आशा व्यक्त गरेका छन्।
नेपाली टेलीकम अथोरिटीका चेयरमेन पुरुषोत्तम खनालले भने, टिकटकलाई पत्रको जवाफ दिइएको छ। सरकार आफ्नो निर्णयमा कायम छ। सरकारका दिशा-निर्देशहरू पालन गर्नु टिकटक कम्पनीको हितमा छ।










