कालचिनी। कालचिनी ब्लक समन्वय वेलफेयर सोसाइटीको आयोजनामा आज दक्षीण लोथाबारी स्थित प्राथमिक विद्यालयमा स्वेच्छा रक्तदान शिविर सम्पन्न भएको जानकारी सो सोसाइटीका सचिव तथा शिक्षक जयदेव रायले दिएका छन।
आज उक्त अवसरमा कालचिनी बीडीओ प्रशान्त बर्मन लगायत कालचिनी बीएमओएच डा. सुभाषचन्द्र कर्मकार लोथाबारी ग्राम पञ्चायतका प्रधान सोनाली दास, उपप्रधान गौरी ठाकुर, समाजसेवी नबुल ठाकुर, विशिष्ट अतिथिहरुमा राजकमल भगत, हरि कुजूर एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
शिविरमा रक्तदान गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र वितरण कालचिनी बीडीओ प्रशान्त बर्मन, बीएमओएच डा. सुभाषचन्द्र कर्मकार राजकमल भगत आदिको बाहुलीबाट प्रदान गरिएको थियो।
रक्तदानमा उत्साह लिएर आएका रक्तदाताहरुले प्रायः ५० यूनिट छेउछाउ रक्त यूनिट पुऱ्याउन मदत पुऱ्याएकोमा धन्यवाद जनाउँदै कालचिनी ब्लक समन्वय वेलफेयर सोसाइटीले विविध सामाजिक उपकारमूलक कार्यहरु गर्दै आईरहेको र आज यस क्रममा दक्षीण लोथाबारी प्राथमिक विद्यालयमा स्वेच्छा रक्तदान शिविर सम्पन्न गरेको र यो सफल भएको र आज सङ्ग्रहित रक्त यूनिटहरु अलिपुरद्वार ब्लड ब्याङ्कमा जमा गरिएको सचिव जयदेव राय र आयोजक कमिटीको पक्षबाट नबुल ठाकुरले जनाएका छन।