अनित थापाको पिएचई अनि पिएनआरडी मन्त्री पूलक राय संग भेटवार्ता

IMG_20220720_162509.jpg

खरसाङ: पानीको समस्या पहाडको एउटा ठूलो समस्या हो। पहाडको अधिकांश घरहरूमा आज पनि पानी पुग्नु सकेको छैन। मुख्य मन्त्रीले दार्जीलिङ्ग भ्रमण समय २०२४ भित्रमा घर घरमा पानी पुर्याउने सरकारको संकल्प रहेको घाेषणा गर्नु भएको थियो।

आज कोलकातामा पिएचई अनि पिएनआरडी मन्त्री पूलक राय संग म बैठकमा बसे। हामीले जी टी ए क्षेत्रको पानी प्रबन्धन अनि यो संग सम्बन्धित मुद्दाहरू माथि चर्चा गर्यौं। उहाँले उनको विभागबाट सहयोग दिने वचन दिनु भएको छ।

स्मरण रहोस पिएचई विभाग जीटीएलाई हस्तान्तरण गरिएको थियो। केही समयको निम्ति यो विभागलाई पिएचई बंगालले नै हेर्दै आएका थिए। अब पुनः सम्पूर्ण रूपमा पिएचई विभाग जी टी ए अधिनस्थ रहनेछ।

अनित थापा
प्रमुख कार्यपाल
जीटीए

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement