गान्तोक: आगामी २६-२७ नोभेम्बरको दिन मार्तम माङगिममा पालन गरिने महात्मा त्योङसी सिरिजङ्गाको ३१९औं जन्म जयन्ती तयारीलाई लिएर आज एक सभा सम्पन्न भयो। उक्त सभाको अध्यक्षतामा मन्त्री लोकनाथ नेपालले गरेका थिए। सभालाई सम्बोधन गर्दै मन्त्री नेपालले मुख्यमन्त्री पीएस तामाङ र सिक्किम सरकारलाई श्रीजङ्गा माङ्घिम (मार्तम) र गेजिङ -बर्मेक निर्वाचन क्षेत्रका लागि सम्पन्न उदाहरणीय परियोजनाहरूको लागि प्रशंसा र कृतज्ञता व्यक्त गरे।
उनले आगामी २६-२७ नेभेम्बरमा सम्पन्न हुने जन्मजयन्ती समारोहका लागि गठित समिति, संलग्न विभागहरू, जिल्ला पञ्चायत सदस्यहरू, पञ्चायतहरू र पदाधिकारीहरूको विभिन्न भूमिका र जिम्मेवारीबारे पनि छलफल गरे। मन्त्री नेपालले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न आम जनता र स्थानीय विद्यालयहरूलाई सक्रिय सहभागिताका लागि प्रोत्साहित गर्न उत्सव समितिका पदाधिकारीहरूलाई सुझाव दिए।
उनले समापनको दिन जनताको सुविधाका लागि समयको उचित व्यवस्थापन गर्न पनि उत्सव समितिलाई आग्रह गरे। यसै क्रममा मन्त्री मन्त्री भीम हाङ सुब्बाले सम्बोधन गर्दै पुनर्गठन संगठनलाई गर्ने आश्वासन दिए। राष्ट्रीय राजमार्ग नजिकैको पवित्र सिरिजङ्गा गुफा र पानीको झरना रहेको र यसको संरक्षणको स्थायी समाधानका लागि मुख्यमन्त्रीले नोभेम्बर २६ मा माङगिमको भ्रमणका क्रममा स्थल निरीक्षण गर्ने जानकारी गराए। उनले यसको उचित उपयोग गर्न समितिलाई सुझाव दिए। श्रीजङ्गा मङगिम र पवित्र गुफा/पानी झरनाको सौन्दर्यीकरण र विस्तारका लागि स्वीकृत रकमको निम्ति मुख्यमन्त्री प्रति आभार प्रकट गरे।









