गेजिङमा तीन दिवसीय परम्परागत खाद्य एवम कला महोत्सव शुरू

IMG-20231117-WA0248.jpg

गान्तोक: याङ्थाङ पर्यटन शाखा तथा कृषि तथा गाउँ प्रवद्र्धन समिति, तिक्जुक गेजिङले ‘कृषि गाउँ पर्यटन प्रवर्द्धन गरौं’ भन्ने नाराका साथ हिजोदेखि मेकानिकल महकुमा कार्यालय परिसरमा तीन दिवसीय परम्परागत खाद्य तथा कला महोत्सव–२०२३ शुरु गरेको छ।

तिक्जुक र वरिपरिका क्षेत्रहरूलाई कृषिमा आधारित गाउँ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिले जानकारी गराएको छ। उदघाटन कार्यक्रममा मुख्य अतिथिकोरूपमा क्षेत्र विधायक एवम मन्त्री भीम हाङ सुब्बाको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पीटीडीएका अध्यक्ष नारायण खतिवडाले राज्यमा

लगभग ७०% मानिसहरू पर्यटन उद्योगमा संलग्न रहेको जानकारी गराउँदै पर्यटन क्षेत्रले रोजगार सृजना गर्नको साथै राज्यको राजस्व वृद्धि गर्नको ठूलो सहयोग पुग्ने बताए। सानो लगानी वा शून्य लगानीको साथ तर लक्ष्य प्राप्त गर्नको लागि अत्यन्त प्रतिबद्धता र इमानदारीका साथ काम गर्नुपर्ने उनले सुझाउ दिए। यसरी नै सुशिल तामाङले

युवालाई दायित्व लिएर अघि बढनुपर्ने आग्रह गरे।

क्षमता कौशललाई प्राथमिकता दिनुपर्ने र सिक्किमलाई अन्तर्राष्ट्रिय पर्यटन हब बनाउन राज्यका युवाहरूलाई विश्वका अन्य देशहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बन्नुपर्ने अपील गरे। पर्यटन भनेको सृजनशीलताको कला हो र यसलाई पुरा गर्नर्न कडा परिश्रम गर्नुपर्ने उनले आग्रह गरे। राज्यको दिगो विकासका लागि कृषिमा आधारित पर्यटन प्रवद्र्धन गर्न नागरिक समाजलाई प्रोत्साहन गर्नसकेमा अवश्य पनि राज्यमा पर्यटन व्यवसाय फस्टाएर जान मन्तव्य प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement