गुवाहाटी: असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा नेतृत्वधीन राज्य सरकारको असम राज्य शिक्षा बोर्ड र असम उच्चतर माध्यमिक शिक्षा परिषदलाई समाप्त गर्ने अनि माध्यमिक शिक्षा बोर्डको गठन गर्ने निर्णयलाई प्रदेश भाजपाले स्वागत जनाएको छ।
पार्टी अध्यक्ष भवेश कलिताले आज सरकारको उक्त निर्णयलाई ऐतिहासिक बताए। उनले भने, असम सरकारले नयॉं शिक्षा नीतिको आधारमा यो कदम उठाएको हो। यसले आगामी दिनहरूमा विद्यार्थीहरूको शैक्षिक मूल्य निर्धारण, निगरानी आदि सबै क्षेत्रहरूमा सकारात्मक प्रभाव पर्नेछ। यसले राज्यमा शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन आउने आशा छ।









