फाँसीदेवा: नदीबाट बलुवा चोरी गरेको सूचना पाएपछि विधाननगर जाँच केन्द्रको पुलिसले फाँसीदेवाको विधाननगर मुरलीगञ्जको चेङ्गा नदीमा अभियान चलाए। पुलिस आएको भनक पाउन साथ बलुवा माफियाले बलुवा बोकेको दुईवटा ट्र्याक्टर त्यहीँ छोडेर भागेको बताइएको छ। पुलिसले घटनास्थलबाट बलुवा बोकेको दुईवटा ट्र्याक्टर जफत गरे तापनि घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। पुलिसले घटनाको जाँच शुरू गरेको छ।











