इजेकिएल ललितपुर सिटीमा अनुबन्ध

76656264_ezekiel.jpg

काठमाडौं: दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीले नाइजेरियन खेलाडी इमोह इजेकिएललाई अनुबन्ध गरेको छ।ललितपुरलले शुक्रबार चौथो विदेशी खेलाडीको रुपमा इमोहलाई अनुबन्ध गरेको जनाएको छ। नाइजेरियाको राष्ट्रिय टिमबाट समेत खेलिसकेका ३० वर्षीय इमोहले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा नाइजेरिया यू-२३ टिमबाट खेल्दै कास्य पदक जितेका थिए। उनले सन् २०१४ मा मेक्सिको विरुद्ध नाइजेरियाको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए। इमोहले बेल्जियमको शीर्ष श्रेणीको लिगमा स्टान्डर्ड लिग र आरएससी एन्डरलेक्टबाट खेलिसकेका छन्। उनले स्पेनको लस पल्मसबाट पनि खेलेका छन्। उनले पछिल्लो पटक यूएईको शीर्ष श्रेणीको लिगमा अल ड्ढार्फा एफसीबाट खेलेका थिए।
राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङ मार्की खेलाडी रहेको ललितपुरले यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। जसमा नाइजेरियन डिफेण्डर ओमालाजा नुरेन करिम तथा फ्रेन्च फरवार्ड पापा इबो केबे र फ्रेन्च गोलकिपर जेफ्री बाल्टुस छन्।
ललितपुरले नयाँ सिजनका लागि अस्ट्रेलियाका इयान एन्ड्रयु गिलानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ। ९ टोलीले प्रतिस्पर्धा गर्ने एनएसएलको दोस्रो सिजन मंसिर ८ गतेदेखि सुरु हुनेछ। पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करण नखेल्ने भएको छ।यस्तै झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगन्ज युनाइटेड गरी तीन नयाँ टोली थपिएका छन्। साविक विजेता काठमाडौं रेजर्स, साविक उपविजेता धनगढी एफसीसहित ललितपुर सिटी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसीले भने यथावत छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *