कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीकी भतीज अभिषेक ब्यानर्जी शुक्रवार आमा लता ब्यानर्जीलाई लिएर कोलकातादेखि बाहिर गएका छन्। पारिवारिक सूत्रहरू अनुसार, लता ब्यानर्जीको घॅुडामा समस्याका कारण उनको उपचारको निम्ति मुम्बई गएका छन्।
आज दिउॅंसो उनी कोलकाता हवाई अड्डाबाट फ्लाइटमा मुम्बई गए। सूत्रहरू अनुसार, अभिषेक ब्यानर्जीकी आमाको खुट्टाको अपरेशन हुनेछ। मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचार हुनेछ। अपरेशनपछि कम्तिमा दुई हप्तासम्म विश्राम गर्नेछन्। यसावधि अभिषेक पनि आमासॅंगै बस्ने थाहा लागेको छ।
पारिवारिक सूत्रहरू अनुसार, पूर्व प्रधानमन्त्री स्व. अटल बिहारी वाजपेयीको घुॅंडाको अपरेशन पनि यसै अस्पतालमा भएको थियो। देशमा मुम्बईको ब्रिच क्यान्डी अस्पताल घुॅंडाको अपरेशनको निम्ति प्रसिद्ध छ।









