बंगाललाई प्रतिनिधित्व गर्दै मेरिना विश्वकर्मा

IMG-20231117-WA0243

सिलगढी: सिलगढी निवासी २१ वर्षीया एनसीसी क्याडेट मेरीना विश्वकर्माले हाल उत्तर प्रदेश राज्यको आगरामा सम्पन्न भइरहेको एनसीसी पारा बेसिक कोर्स ट्रेनिङमा सफलतापूर्वक  भाग लिँदै जमिनदेखि १२५० फीट माथीबाट हामफालेर पहिलो चरणको प्रशिक्षणमा सफलता प्राप्त गरेकी छिन्। सिलगढीको मुन्शी प्रेमचन्द महाविद्यालयमा राजनिती शास्त्रमा अनर्स गर्दै गरेकी दोस्रो बर्षकी छात्रा मेरिना विश्वकर्मा सिलगढी अन्तर्गत सालुगढाको तोरीबारी निवासी गोपाल विश्वकर्मा एवं बिष्णुमाया विश्वकर्माका छोरी हुन्।

गत १ नोभेम्बरदेखि आगरामा सम्पन्न भइरहेको पारा बेसिक कोर्स ट्रेनिङको शुक्रबार भएको प्रशिक्षणमा डीजी एनसीसी इण्डिया लेफ्टिनेन्ट जनरल जीपी सिंहको उपस्थितिमा देशका विभिन्न राज्यहरुबाट आएका क्याडेटहरुले भाग लिएका थिए, जसमा पश्चिम बंगालबाट सिलगढीकी मेरिना विश्वकर्माले जमिनदेखि १२५० फीट माथीबाट हामफालेर पहिलो चरणको प्रशिक्षणमा सफलता प्राप्त गरेकी छिन्।

यस विषयमा जान्न चाहँदा मेरिनाले बताइन्, सीओ जयदीप गोस्वामीको देखरेखमा एनसीसी फोर बेङ्गाल गर्ल्स बटालियनको तर्फबाट यस वर्ष प्रशिक्षणमा अंशग्रहण गर्ने सिलगढीबाट उनी एक्लो क्याडेट हुन्। आफ्नो क्षेत्रलाई प्रतिनिधित्व गरेर सफलतापूर्वक प्रशिक्षण गर्नु पाउँदा आफैलाई धेरै खुशी मिलेको र भविष्यमा भारतीय सेनामा भर्ती भएर देशको सेवा गर्ने आफ्नो चाहना रहेको छ। स्मरण रहोस्, पारा बेसिक कोर्स एनसीसीको सबैभन्दा प्रतिष्ठित प्रशिक्षण कोर्सहरू मध्ये एक हो। प्रत्येक वर्ष चालीस जना केटा र चालीस जना केटी क्याडेटहरू २२ दिनको अवधिको लागि पारा ट्रेनिङ स्कूल, आगरामा पारा बेसिक कोर्सको प्रशिक्षणमा उपस्थित हुन्छन्। यस कोर्सको भौतिक आवश्यकता चार मिनेटमा एक किलोमीटर दौड, पाँचदेखि छ पटक पुल-अप, बाईस पटक पुश-अप र छत्तीस स्क्वाटहरू छन्। त्यसैले पाराट्रूपर बन्नको लागि धेरै राम्रो शारीरिक शक्ति चाहिन्छ। इच्छुक उम्मेदवारहरूको चयन प्रशिक्षणको लगभग चार महिना अघिबाट शुरु हुन्छ र  केवल योग्य युवक-युवती मात्रै चयनित हुनेगर्छन्। पारा बेसिक कोर्समा चयन हुन बिशेष तीन प्रकारका अन्तर्वार्ता लिने गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement