गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादकी सहधर्मिणीको निधनमा शोक सन्तप्त परिवारसित भेट गर्न र आफ्नो समवेदना व्यक्त गर्न उनको पटनास्थित आवास पुगे।
राज्यपाल आचार्यले स्व. कमला देवीको निधनमा गहिरो दुःख व्यक्त गरे। उनले स्व. कमला देवीको निधनलाई अपूर्णीय क्षति बताए। उनले भने, जसरी स्व. श्रीमती कमला देवीजीले आफ्नो पारिवारिक परिवेशमा रहेर आफ्नो धैर्य र विवेकले अप्रत्यक्ष रूपमा राष्ट्रको उत्थानमा आफ्नो महत्वपूर्ण योगदान दिएका थिए, त्यो कुनै विरांगनाले मात्र गर्न सक्छ। यस्ता नेक आत्मा समक्ष म नतमस्तक छु।
राज्यपालले अघि भने, परमपिता परमात्मासॅंग दिवंगत आत्मालाई आफ्नो श्री चरणमा स्थान प्रदान गर्न र उनलाई शान्ति प्रदान गरेर सम्पूर्ण परिवारलाई यो वेदना सहन गर्ने शक्ति प्रदान गर्न प्रार्थना गर्दछु। यस अवधि सिक्किमकी प्रथम महिला कुमुद देवी, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।









