गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री प्रेम सिंह तामाङ पूर्व राज्यपाल गंगा प्रसाद आचार्यकी पत्नीलाई श्रद्धाञ्जली व्यक्त गर्न पटना पुगेका छन्। उल्लेखनीय छ, गत केही दिन अघि पूर्व राज्यपालकी पत्नी कमला देवीको निधन भएको थियो। यसै क्रममा आज पूर्व राज्यपालको निजी निवास पटना पुगेर राज्यपाल र मुख्यमन्त्रीले श्रद्धाञ्जली अर्पण गरेको जानकारी गराइएको छ।

राज्यपाल र मुख्यमन्त्रीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो संवेदना प्रकट गरेका छन्।









