खरसाङ: सिविटार निवासी एंव मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङको करातेको विद्यार्थी रोजी प्रधानले अखिल भारतीय क्षेत्रीय कराते च्याम्पियनशीप २०२३ मा काँस्य पदक जितेकी छन्। अखिल भारतीय क्षेत्रीय कराते च्याम्पियनशीप २०२३ मा काँस्य पदक जित्ने दार्जिलिङ जिल्लाकी पहिलो कराँते खेलाडी बनेर सिविटारकी रोजी प्रधानले फेरि इतिहास रचेकी छिन्। उनी सिविटार चियाबारीको तितिरी खेल मैदान पाखा निवासी पिता राजेन्द्र प्रधान र माता बिनिता प्रधानकी छोरी हुन्। रोजी प्रधान खरसाङ महाविद्यालयमा अध्ययनरत् छन् भने मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङमा २०१८ सालदेखि कराँते सिक्दै आईरहेकी छन्।

रोजी प्रधानको नाममा यस अघि पनि धेरै अन्य कीर्तिमान छन् र उनी धेरै मेहनती र अनुशासित विद्यार्थी हुन् भनी उनको प्रशिक्षक सेन्सी सन्दीप प्रधानले जानकारी दिएका छन् जो माफाका अध्यक्ष हुन् र एसकेएडीका महासचिव पनि हुन्। दार्जिलिङको स्पोर्ट्स कराते एसोसियशन जुन राज्य र राष्ट्रिय निकायबाट आधिकारिक रूपमा मान्यताप्राप्त निकाय हो।

उनका प्रशिक्षकले खुसी व्यक्त गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्न करातेको स्तर अझै सुधार गर्नुपर्ने बताए। उनले आगामी दिनमा अझै कमजोरीमा काम गर्ने र अर्को वर्ष स्वर्ण पदक विजेता बनाउने प्रयास गर्ने बताए। उनले करातेको राम्रो करियर अगाडि बढेकोले महानदी र आसपासका स्थानीय समुदायलाई खेलकुदलाई सहयोग गर्न अपिल समेत गरेका छन्। उनले माफाले छोटो समयमै तीनजना राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेका छन्। महानदीकी बिनिशा खवासले यस अघि नै सन् २०१९ मा नेशनल अफ् स्कूल गेम्स र भर्खरै देहरादुनमा १६-१७ वर्षका बालिकाहरूमा भाग लिइसकेकी छिन्। सब जुनियर राष्ट्रिय कराते च्याम्पियनशीपमा १३ वर्ष मुनिका बालिकातर्फ प्रिशा प्रधानले शनिवार प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछिन् र रोजी प्रधानले यसअघि नै एउटा उदाहरण कायम गरिसकेकी छिन्। सेन्सी सन्दीपले महानदी शाखाको विद्यार्थीहरूले आफ्नो राम्रो प्रदर्शन गरिरहेका छन् तर महानदी शाखा अब नचलेर अवस्था खराब भएकोले हटाउनु पर्ने स्थिति रहेकोमा दुःख व्यक्त गरेका छन्। शाखाले तीन राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसके पनि शाखाबाट नयाँ विद्यार्थी नबढ्ने र विद्यार्थीबाट शुल्क तिर्न ढिलो हुँदा शाखालाई आर्थिक रूपमा व्यवस्थापन गर्न निकै कठिन भइरहेको छ पनि उनले बताएका छन्। शाखालाई स्थानीय बासिन्दा र प्रशासनबाट सहयोग नपाए अर्को वर्षदेखि शाखा बन्द गरिने र निरन्तरता दिन चाहने विद्यार्थीले विद्यार्थी तथा अभिभावकलाई खर्चिलो हुने गरी खरसाङ डोजोमा तालिम लिन सक्ने उनले बताएका छन्। उनले महानदी शाखालाई बचाईराख्न स्थानीय अभिभावकहरू समक्ष अपिल पनि गरेका छन्।









