अलिपुरद्वारः अलिपुरद्वार जिल्लाको मदारीहाट वीरपाडा ब्लकमा गर्गण्डा नदीको किनारमा छठ पूजाको तयारी तीव्र गतिमा भइरहेको छ। स्टेज बनाउने काम भइरहेको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि वीरपाडा छठ पूजा जुनियर कमिटीको पहलमा आइतबार राति साँस्कृतिक कार्यक्रम हुने भएको छ। हरेक वर्ष विभिन्न राज्यबाट कलाकारहरू आउँछन्। यो वर्ष पटना, लखनउ, उदयपुर, दुर्गापुरबाट कलाकार आउनेछन्। वीरपारा गर्गण्डा नदीको किनारमा हरेक वर्ष छठ पूजाको सन्दर्भमा ठूलो मेला लाग्ने गरेको छ। यहाँ लगभग ८०० घाट छन्। घाट निर्माणको काम पनि धमाधम भइरहेको छ। मेलामा विभिन्न क्षेत्रका मानिसहरू आउने गर्दछन्। मेलामा विभिन्न किसिमका झोला लगायत विभिन्न खाद्यान्न स्टल रहने व्यवसायीहरूले बताएका छन्।








