कोलकाताबाट सिलगढी गइरहेको बस दुर्घटना, २ जनाको मृत्यु

Kolkata-to-Siliguri-Bus-Accident

कोलकाता: कोलकाताबाट सिलगढीका लागि यात्रुहरू बोकेको निजी बस नियन्त्रण गुमाएपछि रायगञ्जको एउटा कारखानामा ठोक्किएर दुईजनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। बुधबार बिहान उत्तरी दिनाजपुर जिल्लाको रायगञ्ज थाना क्षेत्रको घुघुडांगा क्षेत्रमा रहेको राष्ट्रिय राजमार्ग नम्बर ३४ मा दुर्घटना भएको हो। स्थानीयवासीले घाइते यात्रुहरुलाई उद्धार गरी रायगञ्ज मेडिकल कलेज अस्पतालमा ल्याएका थिए। खबर पाएलगत्तै रायगञ्ज पुलिस थानाबाट पुलिस बल घटनास्थलमा पुगेको थियो। बस दुर्घटनाका कारण राष्ट्रिय राजमार्ग ३४ केही समय अवरुद्ध भएको थियो। पुलिस र स्थानीय बासिन्दाहरु उद्धार कार्यमा जुटेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement