गुवाहाटी: कामाख्या मन्दिर परिसरमा हिजो अबेर राति आगो लाग्दा धेरै दोकानहरू जलेर खरानी भए। पुलिस अनुसार, यो आगलागी वीआईपी पार्किङ नजिक भयो। आगो लागेको कारणबारे अहिलेसम्म थाहा लागेको छैन।
सटसर्किटको कारण आगो लागेको हुनसक्ने आशंका व्यक्त गरिएको छ। आगो लागेको सूचना पाएर अग्निशमन टीमले घटनास्थलमा पुगेर आगो निभायो तर तबसम्म धेरै दोकानहरू जलिसकेको थियो। दुर्घटनामा कोही हताहत भएको छैन।









