छत्तीसगढ़ औ मध्य प्रदेशका मतदाताहरूसित लोकतन्त्रको महापर्वमा उत्साहपूर्वक भाग लिने प्रधानमन्त्री मोदीको आह्वान

satana-ma-paema-matha_1699518239.jpeg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज (शुक्रवार) बिहान छत्तीसगढ़ र मध्य प्रदेशका मतदाताहरूसित लोकतन्त्रको महापर्वमा उत्साहपूर्वक भाग लिने आह्वान गरेका छन्।

उनले एक्समा दुवै राज्यका मतदाताहरूसित भनेका छन्, तपाईहरूको भोट लोकतन्त्रको लागि बहुमूल्य छ।

उनले भने, छत्तीसगढ़ विधानसभा चुनाउको लागि आज दोस्रो औ अन्तिम चरणको मतदान हो। प्रधानमन्त्रीले राज्यका सबै मतदाताहरूसित मताधिकारको प्रयोग गर्ने आग्रह गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले भने, आज मध्यप्रदेशका सबै विधानसभा सीटहरूको लागि मतदान गरिनेछ। उनले विश्वास व्यक्त गरेका छन्, राज्यका सबै मतदाताहरूले उत्साहपूर्वक मतदान गरेर लोकतन्त्रको यस महापर्वको उत्साह बढ़ाउनेछन्। प्रधानमन्त्रीले पहिलो पटक मतदान गर्ने मध्यप्रदेशका सबै युवाहरूलाई शुभकामना पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement