गान्तोक: आइसीएआर-अटारी जोनको निर्देश बमोजिम मंगन जिल्लामा प्रधानमन्त्री किसान ध्वाजवाहक कार्यक्रम अन्तर्गत भारत संकल्प यात्रा कार्यक्रम आयोजना गरियो। मंगन जिल्लाको कृषि विज्ञान केन्द्रमा आयोजना बएको सो कार्यक्रममा रिङजिम र नामपतामका कृषकहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा स्वागत जनाउने क्रममा मिना प्रधानले सबै किसानहरूलाई कार्यक्रममा स्वागत जनाउँदै जन जातिय गौरव दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना दिएका छन्। उनले कृषकहरुलाई प्रधानमन्त्री किसान सम्मान निधि कार्यक्रमको बारेमा जानकारी गराउँदै यस अन्तर्गत लाभार्थी कृषकहरुलाई प्रतिवर्ष २००० को दरले पेन्सनकोरूपमा ६ हजार प्रदान गरिने अवगत गराए।










