गान्तोक: सिक्किम राज्यमा केही वर्षदेखि पत्रकारितामा संलग्न भएर काम गर्दै आइरहेकी सालिनी छेत्रीले थाइल्याण्डमा भएको उत्कृष्ट कूटनीतिज्ञ सम्मेलनमा भारतको प्रतिनिधिकोको रूपमा छनौट भएकी थिइन्।
हाल दक्षिण सिक्किमको जोरथाङबाट शिखर सम्मेलनमा काम गरिरहेकी २४ वर्षीय पत्रकार सालिनी छेत्रीले थाइल्यान्डमा आयोजित उत्कृष्ट कूटनीतिज्ञ सम्मेलनमा भारतको प्रतिनिधित्व गर्ने सम्मान प्राप्त गरेकी छन्। उनले दिगो विकास लक्ष्यमा ध्यान केन्द्रित गर्दै, “पर्यटन क्षेत्र भित्र वातावरणीय प्रभाव न्यूनीकरण र दिगोपनको अग्रगामी” शीर्षकको सम्मेलनले सालिनीलाई इन्टरपुल काउन्सिलमा भाग लिने अवसर पनि प्रदान गरेको थियो।
वातावरणीय मुद्दाहरू र दिगो विकास लक्ष्यहरूमा छलफलमा उनको बहुमूल्य योगदानले विभिन्न देशका सहभागीहरूमा स्थायी छाप छोडन सफल बनेको जानकारी गराइएको छ।

उनी एक समर्पित सामाजिक कार्यकर्ता पनि हुन्, जसले विज्ञानमा स्नातकोत्तर गरेकी हुन्। सालिनीले आफ्नो सफलताको श्रेय सिक्किम सरकारले दिएको अटुट सहयोग र सशक्तिकरणलाई दिएकी छन्।अपार सहयोगको लागि कृतज्ञता व्यक्त गर्दै, उनले महिलाहरूलाई सशक्तिकरण गर्न र उनीहरूलाई विभिन्न क्षेत्रहरूमा उत्कृष्ट बन्नको लागि मञ्च प्रदान गरेकोमा सिक्किम सरकारप्रति आभार रहेको बताइन्।










