राज्यपाल लक्ष्मण प्रसाद आचार्यले जनाए बीरसा मुन्डा जयन्तीमा सहभागिता

IMG-20231116-WA0221.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसादले उत्तर प्रदेशको गाजीपुरमा आयोजित बीरसा मुन्डा जयन्तीमा मुख्य अतिथिकोरूपमा सहभागिता जनाए। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले बीरसा मुन्डा जयन्ती र गौरव दिवसको निम्ति हार्दिक शुभकामना व्यक्त गरे। उनले जनजातीय चेतना समादद्वारा आयोजित भारतीय क्रान्तिका गौरवर, लोक नायक बीरसा मुन्डाको जन्म जयन्ती र जनजातीय गौरव दिवसमा उपस्थित हुन पाउँदा आफूलाई गर्व लागेको बताए। मुन्डा केवल हाम्रो क्रान्तिको सूर्य मात्र नभएर हाम्रो संस्कृतिको संवाहक पनि रहेको उनले मन्तव्य प्रकट गरे।वर्तमान परिपेक्ष्यमा जनजाति समाजले आफ्नो मेहनत र लगले गर्दा प्रत्येक क्षेत्रमा अघि रहेको र राज्य, देशको अर्थव्यवस्थालई मजबुत बनाउन पनि योगदान दिइरहेको किटान गरे। मुन्डाको सपनालाई साकार तुल्याउनको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीले जनजाति समाजको उत्थानको निम्ति विभिन्न प्रकारको योजना शुरू गरेको पनि जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *