अमर सुब्बाको नेतृत्वमा चार जना धावक अरूणाचल प्रस्थान

IMG-20231116-WA0000.jpg

गान्तोक: म्याराथन म्यान अमर सुब्बा लगायत पाँच जना आज अरूणाचल प्रदेश प्रस्थान गरेका छन्।अरूणाचल स्पोर्टस एसोसिएसनको पहलमा आयोजना हुने बीआरयूटीई ३.० को तेस्रो एडिसनमा सहभागी जनाउन उनीहरू अरूणाचल प्रस्थान गरेका हुन्। अमर सुब्बाको नेतृत्वमा रेनु थापा, शिव हाङ लिम्बू, धन कुमार मंगर र निमसाङ लिम्बू रहेका छन्। उनीहरूले आगामी १८ नोभेम्बरको दिन सम्पन्न हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने सुब्बाले जानकारी गराएछन्। उनले थप जानकारी गराए अनुसार सुब्बा र रेनु थापाले ६० किलोमिटरको दौडमा, शिवहाह लिम्बू, धन कुमार मंगर र निमसाङ लिम्बूले ३० किलोमिटरको दौडसमा सहभागिता जनाउने भएका छन्। उक्त प्रतियोगितामा देशभरिका धावकहरूले अंशग्रहण गर्ने सुब्बाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement