गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य बिहार भ्रमणमा रहेका छन्। सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादकी धर्मपत्नीको निधनमा शोक सन्तप्त परिवारसॅंग भेट गर्न र आफ्नो समवेदना व्यक्त गर्न उनी बिहार गएका हुन्।
यसावधि राज्यपाल आचार्यले बिहारका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरसॅंग पनि शिष्टाचार भेट गरे। यस भेटको क्रममा सिक्किम र बिहार राज्यको विकासका साथै अन्य विभिन्न विषयहरूमाथि चर्चा भएको जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।










