भारत-बांग्लादेश सीमा क्षेत्रमा ड्रोनको मद्दतद्वारा गाईवस्तु जफत गरियो

IMG-20230528-WA0320-5-300x172-3

कोचबिहारः कोचबिहार जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रण्टियरको जलपाइगढी सेक्टर अन्तर्गत ०६औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बर्डर आउट पोस्ट ओरनमा जवानहरूले नाइट विजनयुक्त ड्रोनको मद्दतले सातवटा गाईवस्तु जफत गरेको छ। अन्ध्यारो र कुहिरोको फाइदा उठाएर तस्करहरू भाग्न सफल भए। बीएसएफले बिहिवार प्रेस विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको छ।

जानकारी अनुसार, बीएसएफले ड्रोन अपरेशनमा सातवटा गाईवस्तुको साथमा तस्करहरू दहाग्राम अंगरापोटा पिलर ४/११-एस तिर आइरहेको देखे। यसको सूचना बीओपी ओरनको पेट्रोलिङ पार्टीलाई दिइयो। बीएसएफ पार्टी घटनास्थल पुगेर उनीहरूलाई समात्ने प्रयास गरे, तर तस्करहरू अन्ध्यारो र कुहिरोको फाइदा उठाएर भाग्न सफल भए।

यसपछि, बीएसएफ पार्टीले क्षेत्रमा नाइट भिजनको मद्दतद्वारा खोजी अभियान चलाएर सातवटा गाईवस्तु जफत गऱ्यो। यस अघि २८ सेप्टेम्बरमा ०६औं बटालियन बीएसएफको बीओपी ओरानका जवानहरूले पनि नाइट भिजनयुक्त ड्रोनको मद्दतद्वारा चारवटा गाईवस्तु जफत गरको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement