नौकरी दिलाउने नाममा ठगी गरने दुई महिला पक्राउ

18-52-42-058ccf07-39e2-4c2e-b83b-fc24038a112d-1024x576.jpg

सिलगढ़ी। सरकारी परियोजनाहरूमा नौकरी दिलाउने नाममा बेरोजगार युवक-युवतीहरूलाई ठग्ने एक संस्थाको, साथी दास (२८) र अंकिता दास गुप्ता (२१) नामकी दुई महिलालाई प्रधान नगर थाना पुलिसले बुधवार राति पक्राउ गरेको छ।

प्रधान नगर थाना सूत्रहरूको तर्फबाट प्राप्त खबर अनुसार, प्रधान नगर थाना अन्तर्गत मार्गरेट स्कूल संलग्न क्षेत्रमा एक संस्थामाथि केही बेरोजगार युवक-युवतीहरूले ठगेको आरोप लगाउँदै मामिला दर्ता गराएका थिए। यसैको आधारमा संस्थाका ९ जनालाई सोधपुछको निम्ति हिरासतमा लिइयो। जसपछि पुलिसले साथी दास र अंकिता दास गुप्तालाई पक्राउ गरी अघिको कारबाही शुरू गरेको छ।

त्यही, ठगीका शिकार भएका युवक-युवतीहरूले जानकारी गराए, समाचार पत्रमा नौकरीको विज्ञापन हेरेपछि उनीहरूले नोभेम्बरमा संस्थासित सम्पर्क गरेका थिए। जसपछि संस्थाले रजिस्ट्रेशनको नाममा पहिले ६०० रूपियाँ र फेरि ट्रेनिङको नाममा १७ हजार रूपियाँ लियो। तर छह महिना बितेपनि उनीहरूले कुनै नौकरी पाएनन्। जसपछि उनीहरूले थानामा लिखित शिकायत दर्ता गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement