१४८औ बीर बिरसा मुन्डा जन्म जयन्ती पालन

8ee288a5-a013-42d1-a1f6-5457da398d82

कालचिनीः बुधबार अलिपुरद्वार जिल्ला तथ्य अनि संस्कृति विभागको आयोजना अनि कालचिनी ब्लक प्रशासनको व्यवस्थापनामा साताली स्थित बिरसा मुन्डा खेल मैदानमा बीर बिरसा मुन्डाको १४७औ जन्म जयन्ती पालन गरियो।
यस अवसरमा प्रमुख अतिथिहरूमा अलिपुरद्वार जिल्ला शासक आर विमला, जिल्ला पुलिस अधीक्षक वाई. रघुवंशी, राज्यसभा सांसद प्रकासचीक बडाईक, अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबो, तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव, अलिपुरद्वार विधायक विशाल लामा एवम् अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो।


बीर बिरसा मुन्डाको प्रतिमूर्तिमा माल्यार्पण पश्चात दीप प्रज्वलन उपस्थित अतिथिहरूको बाहुलीबाट गरिएको थियो। बीर बिरसा मुन्डाको जीवनी र तिनको उन्मुक्तिको संघर्षबारे उपस्थित अतिथिहरूले विचार राख्दै वर्तमान समाजमा बीर बिरसा मुन्डाको मूल्याङ्कन समाजले गरिरहेको र यसलाई राज्य सरकारले महत्वको साथ पालन गरिरहेको अलिपुरद्वार जिल्ला शासक आर. विमलाले बताइन्।

कार्यक्रममा उपस्थित राजसभा सांसद प्रकासचीक बडाईकले पनि भगवान बीर बिरसा मुन्डा आदिवासी समाजको प्रतिक भएको र आदिवासी समाजलाई उन्नत बनाउन साथै आदिवासी समाजलाई शिक्षाप्रति जागरूक गर्न काम गर्नु पर्ने बताए।

About Author

Advertisement