अलिपुरद्वार: नदी किनारमा खेल्न गएका दुईजना नाबालकको नदीमा डुबेर मृत्यु भएको घटनाले अलिपुरद्वार जयगाउँको शुक्राजोतमा सनसनी मच्चियो। प्राप्त जानकारी अनुसार आज बिहान रमित नागासिया र भोला बराईक नदी किनारमा खेल्न गएका थिए। यसपछि तिनीहरू नदीमा माछा पक्रिन जाँदा नदीमा डुबेको बताइएको छ। घटनाबारे अन्य दुईजना साथीले परिवार तथा स्थानीय मानिसहरूलाई जनाएपछि जयगाउँ थाना पुलिसलाई खबर गराइयो। घटनाको खबर पाएर कालचिनी बीडीओ जयदीप चक्रवर्ती सिभिल डिफेन्सका कर्मचारीहरूलाई लिएर घटनास्थमा पुगेर खोजी शुरू गरेपछि आज दिउँसो दुईजना नाबालकको मृतदेह उद्धार भएको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।










