उडिस्सामा भईरहेको ‘परिचय साहित्य उत्सव २०२३’ मा भारतीय नेपाली साहित्यको प्रतिनिधि गर्दै तीनजना साहित्यकारहरू उडिस्सा प्रस्थान

IMG-20231116-WA0189.jpg

खरसाङ: उडिस्सामा भईरहेको ‘परिचय साहित्य उत्सव २०२३’ मा भारतीय नेपाली साहित्यको प्रतिनिधि गर्दै तीनजना साहित्यकारहरूले भाग लिईरहेका छन्। उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार उदय थुलुङ, वरिष्ठ कथाकार एंव गजलकार सञ्जीव छेत्री र नारी स्रष्टा योगिता राईले सहभागिता जनाउने भएको छ। उक्त कार्यको लागि तीनैजना उडिस्सा प्रस्थान गरिसकेका छन्। तीनैजनाले नेपाली भाषाको प्रतिनिधित्व गर्दै कविता पठन गर्ने तथा विभिन्न विषयमा हुने साहित्यिक छलफल कार्यक्रममा पनि सहभागिता जनाउने भएको जानकारी प्राप्त भएको छ। ‘परिचय साहित्य उत्सव २०२३’ उडिसामा भारतीय नेपालीभाषी साहित्यकारहरूको पनि सहभागिता रहनेछ। ‘प्रयास’ भुवनेश्वरको आयोजनामा सम्पन्न हुन लागेको यस राष्ट्रीय स्तरको कार्यक्रम ‘परिचय’को दोस्रो संस्करण ‘परिचय साहित्य उत्सव-२०२३’मा नेपाली भाषाको प्रतिनिधित्व गर्दै साहित्यकार उदय थुलुङ, योगिता राई अनि सञ्जीव छेत्री सहभागी बन्नेछन्। उडिसाको भुवनेश्वरस्थित जनगुरू केलुचरण मोहपात्रा डान्स एकाडेमीमा आगामी १८ अनि १९ नोभेम्बरका दिन विभिन्न चरणका कार्यक्रममा सहभागी साहित्यकारहरूले रचना वाचन साथै अन्तरक्रिया कार्यक्रमहरूमा अंशग्रहण गर्नेछन्। यसका अतिरिक्त उक्त अवसरमा स्रष्टा / अनुवादक उदय थुलुङद्वारा नेपालीमा अनुदित उडिया काव्यकृति ‘प्रियतमा’ पनि विमोचित हुनेछ। यस कृतिका रचयिता उडिया भाषाका वरिष्ठ साहित्यकार फनी मोहान्ती हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *