भारत-पाकिस्तान सीमामा रिट्रीट सेरमनी ४.३० बजे हुनेछ

IMG-20231116-WA0165.jpg

नयाँ दिल्ली: मौसममा आएको परिवर्तनलाई मध्यनजर गर्दै भारत-पाकिस्तान सीमामा हुने वाली रिट्रीट सेरमनीको समयमा फेरबदल गरिएको छ। अब यो आयोजन साँझ ५ बजेको सट्टा ४:३० बजे हुनेछ।

बीएसएफले पञ्जाबका तीनैवटा सीमावर्ती क्षेत्रमा समय परिवर्तनको घोषणा गरेको छ।

दुई देशमाझ तीन ठाउँ रिट्रीट सेरमनीको आयोजन हुने गर्दछ जसमा भारतीय सीमा सुरक्षा बलका जवानहरूले पाकिस्तान रेञ्जर्ससित मिलेर भाग लिने गर्दछन्। यो रिट्रीट सेरमनी अमृतसरको अटारी बोर्डर, फाज्लिकाको सैदेके चौकी र फिरोजपुरको हुसैनीवाला बोर्डरमा आयोजना हुन्छ। यस रिट्रीट सेरमनीको आनन्द उठाउनका देश-विदेशबाट ठूलो संख्यामा पर्यटकहरू आउने गर्दछन्। लगभग ४० मिनटसम्म हुने यस सेरमनी अवधि यहाँको सम्पूर्ण परिवेश देशभक्तिले ओतप्रोत हुन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *