१०औं आसियान रक्षामन्त्रीहरूको बैठक

rajnathsingh.jpg

नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले बिहीवार जकार्तामा आयोजित १०औं आसियान रक्षामन्त्रीहरूको बैठकमा शान्ति, समृद्धि एवं सुरक्षाको लागि आसियान औ प्लस देशहरूमाझ सहयोगलाई अझ सुदृढ़ बनाउनुपर्ने आवश्यक्तामाथि बल दिए। रक्षामन्त्रीले भने, हामी आसियान क्षेत्रमा समुद्री सुरक्षा बढ़ाउनका लागि एडीएमएम-प्लससित व्यावहारिक, दूरदर्शी औ परिणामोन्मुख सहयोगलाई अग्रगामी बनाउनका लागि प्रतिबद्ध छौं।

राजनाथ सिंहले भने, भारत अन्तरराष्ट्रिय जलक्षेत्रमा नौवहन, हवाई उड़ान औ निर्बाध वैध वाणिज्यको स्वतन्त्रताको लागि प्रतिबद्ध छ। वैश्विक शान्ति र स्थिरताको लागि सम्वाद अनि कुटनीतिको माध्यमबाटै अघि बढ़्न सकिन्छ। उनले समुद्रको कानूनमाथि संयुक्त राष्ट्र कन्भेन्शन (यूएनसीएलओएस) 1982 सहित अन्तरराष्ट्रिय कानून अनुसार अन्तरराष्ट्रिय जलमा नेभिगेशन, ओभरफ्लाइट तथा निर्बाध वैध वाणिज्यको स्वतन्त्रताको लागि भारतको प्रतिबद्धतालाई पुनः दोहोऱ्याए।

उनले आतङ्कवादलाई आसियान क्षेत्र सहित अन्तरराष्ट्रिय शान्ति एवं सुरक्षाको लागि एउटा गम्भीर खतरा बताउँदै आतङ्कवाद-निरोधमाथि ईडब्ल्यूजीलाई सहअध्यक्षता गर्ने प्रस्ताव राखे। उक्त प्रस्तावलाई एडीएमएम-प्लसले समर्थन गऱ्यो, किनभने आतङ्कवाद यस क्षेत्रका देशहरूको निम्ति एक गम्भीर चिन्ताको विषय भएको छ।

रक्षामन्त्रीले क्षेत्रीय सुरक्षा पहलहरूको निम्ति आह्वान गरे जुन विभिन्न हितधारकहरूमाझ व्यापक सहमतिलाई प्रतिबिम्बित गर्नका लागि परामर्शात्मक औ विकासोन्मुख होस्। उनले क्षेत्रमा शान्ति स्थापनाको लागि महात्मा गान्धीको उदाहरण- ‘शान्तिको कुनै मार्ग छैन, शान्ति नै एक मात्र मार्ग हो’ पेश गर्दै भने, सङ्घर्षबाटै मानव जीवनको हानि हुन्छ र आजीविका नष्ट हुन्छ। क्षेत्रीय एवं वैश्विक स्तरको स्थिरतामा बाधा आउँछ अनि खाद्य सुरक्षा, ऊर्जा सुरक्षा आदिमाथि प्रतिकूल प्रभाव पर्छ।

राजनाथ सिंहले स्थायी शान्ति औ वैश्विक स्थिरता सुनिश्चित गर्नका लागि बातचित र कुटनीतिको भूमिका महत्वपूर्ण हुनेमाथि बल दिँदै भारतको यो सन्देशलाई दोहोऱ्याए- ‘यो युद्धको युग होइन’ अनि भारत-आसियान गतिविधिहरूमा आसियान सदस्य देशहरूको उत्साहपूर्ण सहभागिताको सराहना गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *