मणिपुरमा हतियारको साथमा उग्रवादी पक्राउ

IMG-20230410-WA0169-11-300x172-3

इम्फाल: सुरक्षा बलहरूले मोबाइल वाहन चेक पोस्ट (एमवीसीपी) को जॉंच गर्दै इम्फाल-पश्चिम जिल्लाबाट एक सशस्त्र उग्रवादी सदस्यलाई पक्राउ गरेको छ।

पुलिसले आज बताए अनुसार, पक्रा पर्ने उग्रवादीबाट पॉंचवटा जिउॅंदो राउण्डले भरिएको म्यागजिन, एउटा .३२ पेस्तोल, एउटा बीपी वेस्ट, एउटा म्यागजिन पाउच र एउटा मोबाइल फोन बरामद गरेको छ। उग्रवादी विरूद्ध कानूनी प्रक्रिया शुरू गरिएको छ।

उल्लेखनीय छ, मणिपुरमा सुरक्षा बलहरूद्वारा चलाइएको अभियान अन्तर्गत हरेक दिन हतियारहरूको साथमा उग्रवादी पक्रा परिरहेका छन्।

About Author

Advertisement