इण्डिपेण्डेन्स कपः एनएक्सबीएफसी र एचएसएफसी विजयी

IMG_20220720_104705.jpg

२० जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा मंगलवार दुईवटा म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा भएको पहिलो म्याचमा एनएक्सबीएफसी नक्सलबारीले खप्रेल एफसीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अयुषले तेस्रो अनि स्वपल सिकदारले ५९औं मिनटमा गोल गरे। यसरी नै खप्रेल एफसीबाट बासु थापाले ४६औं मिनटमा पेनल्टीबाट गोल गरे। दोस्रो म्याचमा एचएसएफसी गाड़ीधुराले मंगरटोला एफसीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट शुभम छेत्रीले ३३औं र रोहन बरुवाले ५८औं मिनटमा गोल गरे। मंगलवार रेफरीको भूमिकामा विनोद प्रधान रहेका थिए भने सहायको भूमिकामा प्रवीण प्रधान र बादल राई रहेका थिए। बुधवार पनि दुईवटा म्याच खेलिनेछ। पहिलो म्याच मेथीबारी र अनमोल बोइजबीच खेलिनेछ भने दोस्रो म्याचमा नक्सलबारी बोइज र विंगर ब्रदर्सबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगज पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement