मुम्बई: सहारा इण्डियाका प्रमुख सुब्रत मंगलबार (१४ नोभेम्बर) राति मुम्बईको एउटा अस्पतालमा निधन भएको छ। उनी केही दिनदेखि बिरामी थिए। उनको निधनप्रति समाजवादी पार्टीलगायत अन्य राजनीतिक दलले दुःख व्यक्त गरेका छन्। सुब्रत रोय सहारा इण्डिया परिवारका संस्थापक, प्रबन्ध निर्देशक र अध्यक्ष थिए। उनलाई ‘सहाराश्री’ भनेर पनि चिनिन्थ्यो। उनले सन् १९७८ मा सहारा इण्डिया परिवार स्थापना गरेका थिए। बिहारको अररिया जिल्लाका सुब्रत रोयलाई पढ्न खासै रुची थिएन। उनको प्रारम्भिक शिक्षा कोलकातामा भएको थियो, र त्यसपछि उनी गोरखपुर पुगेका थिए। सन् १९७८ मा सुब्रत रोयले साथीसँग स्कुटरमा बिस्कुटहरू बेच्न थाले। एउटै कोठामा दुईवटा चौकी र एउटा स्कुटर लिएर उनले २ लाख करोड रुपियाँको यात्रा गरे। एक साथीसँग मिलेर उनले चिटफण्ड कम्पनी खोलेका थिए। उनले पारा ब्यांकिङ शुरु गरे। गरिब र मध्यम वर्गलाई लक्षित गरे। सय रुपियाँ मात्र कमाउनेले पनि उनीसँग २० रुपियाँ जम्मा गर्थे। उनको योजना देशको हरेक गल्लीमा चर्चित भयो। लाखौं मानिस सहारामा जोडिन थाले। यस योजनालाई सरकारले सन् १९८० मा प्रतिबन्ध लगाए पनि त्यतिबेलासम्म धेरैले यसमा लगानी गरिसकेका थिए।











