केदारनाथ धाम: असमका मुख्यमन्त्री हिमन्त बिस्व सरमाकी धर्मपत्नी रिनकी भुइंया सरकार र परिवारका अन्य सदस्यहरूले आज भगवान केदारनाथको दर्शन गरे।
उनीहरू मंगलवार दिउॅंसो बदरीनाथ-केदारनाथ मन्दिर समिति (बीकेटीसी) अध्यक्ष अजेन्द्र अजयसॅंग हेलीकप्टरमा केदारनाथ धाम पुगे।
अध्यक्ष अजेन्द्र अजयले अतिथिहरूलाई स्वागत जनाए। बाबा केदारनाथ मन्दिर दर्शनपछि उनीहरूलाई भगवान केदारनाथको प्रसाद प्रदान गरे।
असमका मुख्यमन्त्रीकी धर्मपत्नी र परिजन आज केदारनाथ धाममा प्रवास गर्नेछन् र बुधवार कपाट बन्द गर्ने अवसरमा उपस्थित रहनेछन्। उनीहरू भोलि बिहान कपाट बन्द गरिने र पंचमुखी डोली प्रस्थानपछि बीकेटीसी अध्यक्ष अजेन्द्र अजयसॅंग बदरीनाथ धार्म दर्शनको निम्ति जानेछन्।
यस अवसरमा बीकेटीसी मुख्य कार्याधिकारी योगेन्द्र सिंह, कार्याधिकारी आरसी तिवारी, पुजारी शिवलिंग र तीर्थपुराहित समाजका सदस्य उपस्थित थिए।