अलिगढका असलमको ब्यांक खातामा अचानक करोड रुपियाँ!

indian-currency

उत्तर प्रदेशको अलीगढमा एक व्यक्ति अचानक करोडपति बनेका छन्। दीपावलीको अवसरमा उनको दुई ब्यांक खातामा चार करोडभन्दा बढी रकम जम्मा भयोl खातामा यति ठूलो रकम देखेर व्यक्ति छक्क परे। उनले सम्बन्धित ब्यांकका प्रबन्धक र स्थानीय पुलिसलाई यो जानकारी दिँदा उनीहरु पनि सोचमा परे। हाल अनुसन्धान जारी छ। यो विषय क्षेत्रमा चर्चाको विषय बनेको छ। पूरा मामला अलिगढको अपर नगर कोतवाली क्षेत्रको भुजपुराको हो। जहाँ असलम नामका युवक दीपावलीको अवसरमा दुई दिनमै अचानक करोडपति बने। अस्लमले आफ्नो दुईवटा आईडीएफसी ब्यांक र युको ब्यांकको खातामा अचानक ४ करोड ७८ लाख रुपियाँ आएको बताए। यति ठूलो रकम देखेर उनी छक्क परे। अस्लमले यस विषयमा सम्बन्धित बैंक प्रबन्धक र इलाका पुलिसमा उजुरी दिए। अस्लमले दिएको विवरण अनुसार ११ र १२ नोभेम्बरमा उनको खातामा पैसा आउन थाल्यो र लगातार आइरहेको थियो। अस्लमले आफ्नो आईडीएफसी ब्यांक खातामा पैसा आउने र युको ब्यांकमा ट्रान्सफर भएको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *