पानीको ड्रममा महिलाको कुहिएको शव भेटियो

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः बागुईआटी थाना क्षेत्रको जगतपुर बजार क्षेत्रमा एउटा घरको शौचालयमा राखिएको पानीको ड्रमबाट एक महिलाको कुहिएको शव भेटिएको छ। ड्रमको मुख सीमेन्टले सील गरिएको थियो। घटना मंगलवार दिउॅंसोको हो। शव भेटिएको घटनापछि क्षेत्रमा सनसनी फैलिएको छ।

स्थानीय सूत्रहरू अनुसार, जगतपुर बजार छेउ डाक्टर गोपाल मुखर्जीको घर किरायमा दिइएको छ। मंगलवार त्यहीं घरको शौचालयमा राखिएको पानीको ड्रमबाट शव भेटियो। मृत महिलाको पहिचान हुन सकेको छैन।

स्थानीय पुलिस सूत्रहरू अनुसार, घरका मालिक डा. गोपाल मुखर्जी घरको सफाई गर्न गएका थिए। उनले बाथरूममा एउटा ड्रमको ढक्कन सीमेन्टले बन्द गरिएको पाए र त्यसबाट दुर्गन्ध आइरहेको थियो। उनले स्थानीय बागुईआटी थाना पुलिसलाई सूचित गरे। पुलिसले ड्रम काटेर हेरेपछि त्यहॉं एक महिलाको शव भेटे।

शवलाई ड्रमभित्र राखेर सीमेन्टले सील गरिएको थियो। शवको पहिचान गर्न सकिएको छैन। पुलिसले महिलाको हत्या गरेर शव लुकाएको आशंका गरेको छ। पुलिसले मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement