कोलकातामा डेङ्गूले व्यक्तिको मृत्यु

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः राज्यमा डेङ्गूको प्रकोप लगातार जारी छ। सोमवार राति बेलेघाटा आईडी अस्पतालमा डेङ्गूले एक व्यक्तिको मृत्यु भयो। मृतकको नाम भरत दास (५४) बताइएको छ। मृतक उत्तर २४ परगना जिल्लाको निवासी हो।

सूत्रहरू अनुसार, मृतकमा लामो समयदेखि ज्वरो समेत डेङ्गूको धेरै लक्षणहरू देखिएको थियो। स्वाभाविक रूपमा पछि उसको डेङ्गू परीक्षण गरियो। रिपोर्ट पोजिटिभ आएपछि उसलाई १२ नोभेम्बरमा बेलेघाटा आईडी अस्पतालमा भर्ती गराइएको थियो। सोमवार अबेर राति उसको मृत्यु भयो। गत केही महिनादेखि पूरा राज्यमा डेङ्गू फैलिरहेछ। जिल्लाका साथै कोलकाता शहरमा पनि प्रतिदिन धेरै जना प्रभावित भइरहेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement