प्रतिमा विसर्जनमा दुर्घटना, पुलिसकर्मीको मृत्यु

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः कोलकाताको नीमतला घाटमा मंगलवार बिहानै भएको दुर्घटनामा एक पुलिसकर्मीको मृत्यु भयो। मृत पुलिसकर्मीको पहिचान उत्तर दिनाजपुर जिल्ला निवासी सन्दीप बर्मन (४०) को रूपमा गरिएको छ। सन्दीप कोलकाता पुलिसको रिजर्भ फोर्समा कन्स्टेबलको रूपमा कार्यरत थिए।

पुलिस सूत्रहरू अनुसार, मंगलवार बिहानै लगभग ३ बजी नीमतला घाटमा विसर्जित प्रतिमाहरूको ढांचा एकत्र गर्ने प्रक्रिया चलिरहेको थियो। प्रतिमाहरूको ढाँचालाई गंगाबाट उठाएर नगर निगमका गाड़ीहरूमा हालिन्दैथियो। यही अवधि असावधानीवश कन्स्टेबल नगर निगमको गाड़ीमुनि परे औं गाड़ीले कुल्चिन्दा गम्भीर रूपमा घाइते भए। उनलाई तुरन्तै कोलकाताको आरजीकर अस्पताल लगियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे। घटनापछि घातक वाहन चालक घटनास्थलबाट भाग्यो। पुलिस उसलाई खोज्नमा जुटेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement