जलपाइगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत १५औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बर्डर आउट पोस्ट महादेवका सीमा जवानहरूले एक भारतीय नागरिकलाई पशु तस्करीको आरोपमा पक्राउ गरेका छन्। पक्रा परेको आरोपितको नाम सुबोध राय (४०) बताइएको छ।
प्राप्त जानकारी अनुसार, सीमा जवानहरूले सुबोध रायलाई त्यस समय समाए जब व्यक्ति आफ्नो टोटो (ई-रिक्शा) मा हल्दीबाड़ीदेखि सतकुड़ा गइऱहेको थियो। जब जवानहरूले उसको टोटोलाई रोकेर त्यसको तलाशी लिए, टोटोबाट एउटा पशु जफत गरियो। डोरीले पशुको मुख बाँधिएको थियो। यस बाहेक टोटोमा २५ किलो नून, एक बोरा आलू र एउटा ग्यास सिलेन्डर लोड थियो। बीएसएफले पक्रा परेको भारतीय नागरिकलाई जफत गरिएको समानको साथ अघिको कारबाहीको निम्ति कोतवाली थानालाई सुम्पेको छ।