गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूलाई उनको जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण गरे।
आज बिहान जेएन रोडमा पण्डित जवाहरलाल नेहरूको प्रतिमामा माल्यार्पण गर्न मुख्यमन्त्रीसँग शिक्षामन्त्री र विभागका वरिष्ठ अधिकारीहरू पनि सामेल थिए। यस विशेष अवसरमा मुख्यमन्त्रीले पण्डित नेहरूका बालअधिकारप्रतिको निःशर्त समर्थन र समावेशी शिक्षाका लागि उनको बलियो वकालतको स्मरण गरे।
शिक्षामन्त्री कुङ्गा निमा लेप्चाले पनि बालबालिकालाई बाल दिवसको शुभकामना दिँदै आगामी परीक्षाको लागि शुभकामना व्यक्त गरे। कार्यक्रममा शिक्षा विभागका एसीएस आर. तेलाङ, शिक्षा विभागका अधिकारीहरू र विद्यालयका विद्यार्थीहरूको उपस्थिति थियो।