सिक्किमेली जनसमुदायको स्वास्थ्यप्रति राज्य सरकार गम्भीर छः अ़ञ्जिता राजालिम

sikkim.png

नाम्ची: हेभेन्ली निर्वाणा पथको तत्वावधानमा नामथाङ रातेपानी समष्टि अन्तर्गत काटेङ्गमा जारी अमसा हिलिङको १६औं दिन मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव अञ्जिता राजालिम मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। जानकारी गराइन्छ, यहाँ १६ दिनदेखि अमसा हिलिङ स्वास्थ्य शिविर चलिरहेको छ जहाँ हालसम्म १६०० भन्दा अधिक विरामीहरूले उपचार गराएर निको भएपछि घर फर्किसकेको आयोजक समितिले जानकारी गराएको छ।

मुख्य अतिथि अञ्जिता राजालिमले राज्य सरकारले सिक्किमेली जनसमुदायको स्वास्थ्यबारे गम्भीर भएर कार्य गरिरहेको जानकारी गराउँदै हेभेन्ली निर्वाणा पाथद्वारा आयोजन गरिएको यस शिविर सराहनीय पहल रहेको बताइन्।

गुरुहजुरको प्रेमवादी सोचलाई सबैले आत्मसाथ गर्नुपर्ने उनले मन्तव्य व्यक्त गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement