१९ मईः पूर्व भारतीय क्रिकेटर तथा पञ्जाब कंग्रेसका पूर्व अध्यक्ष नवजोत सिंह सिद्धूलाई सुप्रीम कोर्टले १ साल जेलको शास्ती सुनायो। सिद्धूको हमलामा एकजना पाको व्यक्तिको मृत्यु भएको थियो अनि त्यही मामिलामा कोर्टले ४ साल पहिला सुनाएको आफ्नो फसेलालाई बद्लिएको छ। त्यस समय उनलाई केवल एक हजार रुपियाँको जरिमानामा रिहाई दिइएको थियो। सूत्रबाट थाहालागे अनुसार, उनलाई आज नै पटियाला जेल लैजाने सम्भावना छ। सिद्धूकी पत्नी डा. नवजोत कौर सिद्धूसँग भेट गर्न अमृतसरबाट पटियाला आइरहेकी छन्। सिद्धूले पटियालामै सरेण्डर गर्नेछन्। उनलाई पञ्जाब सरकारबाट ४५ पुलिसकर्मीहरूका सुरक्षा प्राप्त भएको थियो। शास्ती सुनाइएपछि त्यसलाई फिर्ता लिने आदेश दिइएको छ। यस मामिलामा सिद्धूको प्रतिक्रिया आएको छ। उनले ट्वीट गरेर कानूनको फसेलालाई स्वीकार गरेका छन्।
उल्लेखनीय छ, सिद्धू विरुद्ध रोड रेड (सड़कमा झ्याउला)-को मामिला साल १९८८-को हो। सिद्धूको पटियालामा पार्किंगलाई लिएर ६५ वर्षीय गुरनाम सिंह नामक व्यक्तिसँग झगड़ा भएको थियो। यी दुईबीच झगड़ा हुँदा सिद्धूले गुरनाम सिंहलाई घुस्सीले हिर्काएको आरोप रहेको छ। पछिबाट गुरनाम सिंहको मृत्यु भएको थियो। पुलिसले सिद्धू अनि उनका साथी (रुपिन्दर सिंह सिद्धू) विरुद्ध अनिच्छा हत्याको मामिला दर्ता गरेको थियो। त्यसपछि मामिला अदालयमा पुगेको थियो। सुनुवाईको अवधि सेशन कोर्टले सबुतहरूको अभावले गर्दा सिद्धूलाई १९९९-मा आरोपहरूबाट मुक्त गरेको थियो तर पीड़ित पक्षले पनि त्यस फसेलालाई चुनौती दिँदै हाईकोर्टको दैलो ढकढकाएको थियो। साल २००६-मा हाईकोर्टले तीन साल कैद र एक लाख रुपियाँ जरिमानाको शास्ती सुनाउँदा सिद्धू पनि सुप्रीम कोर्ट पुगेका थिए। सुप्रीम कोर्टले चाहिँ उनलाई जेलको शास्ती नदिएर केवल एक हजार रुपियाँको जरिमाना लगाएको थियो।