मिजोरम पुलिसले लियो म्यान्मारका ३९ सैनिकहरूलाई हिरासतमा

new_project_-_2023-11-14t075010.336-sixteen_nine.jpg

आइजोल: म्यान्मारमा तनाउपूर्ण स्थितिबीच मिजोरम पुलिसले म्यान्मारका ३९ जना सैनिकहरूलाई हिरासतमा लिएको छ। पिपुल्स डिफेन्स फोर्स (पीडीएफ)-द्वारा लखेटिएको कारणले म्यान्मारको सीमाबाट अवैध ढङ्गमा यता छिरेको आरोपमा हिरासतमा लिइएका यी सैनिकहरूलाई मिजोरमको जोखावथार पुलिस स्टेशनमा पठाइएको छ।

स्थानीय सूत्रले बताए अनुसार म्यान्मारका दुईवटा सैन्य शिविरमा लगभग ६०-६० जना सैन्यकर्मीहरू थिए। यो सूचना पनि हात लागेको छ कि पीडीएफले म्यान्मार सेनाका अधिकांश कर्मीहरूको शिविरमै हत्या गरिदिएको छ। म्यान्मार सेनाद्वारा जेट लड़ाकू विमान तथा हेलिकप्टरहरूको प्रयोग गरिएको भए पनि पीडीएफ सेनानीहरूले मिजोरम सीमामा अवस्थित म्यान्मारका दुईवटा सैन्य शिविरहरूलाई कब्जामा लिएको छ।

यङ्ग मिजो एसोसिएशन (वाईएमए)-ले शरणार्थी औ गोली लागेका घाइते मानिसहरूलाई हिजोदेखि नै सक्रिय रूपमा हेरचाह गरिरहेको छ। वाईएमए उपमुख्यालय चंफाईले घाइते व्यक्तिहरूको लागि ४४ यूनिट रक्तदान गरेको छ। यसबीच नागरिकहरू सहित ४२ जना घाइतेहरूलाई चंफाई जिल्ला अस्पतालमा पुऱ्याइएको छ।

जोखावथारबाट अस्पताल पुऱ्याउने क्रममा एकजनाको बाटोमै मृत्यु भयो। गम्भीर रूपले घाइते नौजनालाई श्रेष्ठ उपचारको लागि आइजोल रेफर गरिएको छ। यङ्ग मिजो एसोसिएशनद्वारा घाइतेहरूलाई आइजोलमा भर्ती गराइएको छ। सङ्गठनले उनीहरूको हेरचाह गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *