भारत-म्यान्मार सीमामा रेड अलर्ट

According-to-officials-gunfight-started-between-M_1699856491117.webp

आइजोल: मिजोरममा भारत-म्यान्मार सीमामा रेड अलर्ट जारी गरिएको छ। सीमामा स्थिति तनाउपूर्ण छ। म्यान्मारका विद्रोहीहरूको भारतमा सम्भावित घुसपैठलाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको हो। पॉंच हजारभन्दा धेरै शरणार्थी भारतको सीमामा प्रवेश गरिसकेको अनुमान लगाइएको छ।

उल्लेखनीय छ, मिजोरम सीमा छेउ म्यान्मार सेना र चिनल्याण्ड डिफेन्स फोर्स (सीडीएफ) बीच गए 48 घण्टामा भएको गोलीबारीपछि तनाउ बढेको छ। सीडीएफले कथित रूपमा म्यान्मारको रिहखावदार गाउॅंमा म्यान्मार सेनाको शिविरलाई कब्जा गरेको छ। यो स्थान मिजोरमको जोखावथारबाट केवल चार किलोमिटर टाडा छ। बद्ला लिनका लागि म्यान्मार सेनाको जेट फाइटरले बमबारी गरेको छ।

परिणाम स्वरूप शरणार्थीहरू लगातार रूपमा मिजोरम पुगिरहेका छन्। अहिलेसम्म पॉंच हजारभन्दा धेरै शरणार्थीले सीमा पार गरिसकेको बताइएको छ। बमबारी र गोलीबारीमा लगभग 40 जना घाइते भएका छन्, जसमा महिला र नाबालिगहरू सामेल छन्। उनीहरूलाई उपचारको निम्ति मिजोरम ल्याइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement