कालेबुङमा देवकोटा जयन्ती पालन

IMG-20231114-WA0081.jpg

कालेबुङ: आँशु कवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्म जयन्ती आज पालन गरियो। थाना डाँडा स्थित देवकोटाको सालीग परिसरमा कालेबुङ साहित्य अध्ययन समितिको जयन्ती विभागले उक्त कार्यक्रमको आयोजना गरेको थियोओ। प्रत्येक वर्ष समितिले देवकोटा जयन्तीको आयोजना गर्दै आइरहेको छ जसलाई यस वर्ष पनि पुरा गऱ्यो।
नेपाली साहित्य अध्ययन समितिका अध्यक्ष ज्ञान सुतारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सम्बोधन मूलसचिव बलभद्र शर्माले राखे। उपस्थित सदस्य अनि भाषा-साहित्यानुरागीहरूले कालेबुङ थानाको मूल पाटक नजिक रहेको देवकोटाको सालीगमा माल्यदान गरे। डीके छेत्रीद्वारा सञ्चालित कार्यक्रममा पेदोङ महाविद्यालय प्रभारी तथा समालोचक नवीन पौड्यालले देवकोटामाथि वार्ता राखे। कार्यक्रमलाई हीरा छेत्री, जगदीश प्रसाद अनि हेमकान्त भण्डारीले सम्बोधन गरे। टीएन सुवेदी अनि मदना ओझाले कविता वाचन गरे। प्रत्येक वर्ष कालेबुङकी वरिष्ट गायिका निर्मला प्रधानले देवकोटाद्वारा रचित मुनामदन काब्यबाट गीत सुनाउने गर्थिन। तर अस्वस्थ भएको कारण यसपल्ट उनी उपस्थित हुन सकिनन्। उनको अनुपस्थितिको सबैले मिस गरेको सबैको मुखबाट सुनियो। प्राध्यापक जोग चामलिङले धन्यबाद ज्ञापन गरे।
नागरी फार्म चियाबारी निवासी साहित्यकार अर्जुन प्रधानको आज बिहान निधन भएको खबर कार्यक्रम अवधि नै प्राप्त भएपछि नेपाली साहित्य अध्ययन समितिले शोक प्रकट गर्दै आत्म शान्तिको निम्ति मौन धारण गऱ्यो। परिवार भेट्न गएर शोक पत्र चढाउने मूलसचिव शर्माले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *