गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक एवम् राज्य सरकारका कृषि तथा बागवाणी विभाग मन्त्री लोकनाथ शर्माले आज दक्षिण-पश्चिमको संगम मानिने लेग्सेप स्थित किराँतेश्वर शिवालय मन्दिरको निरीक्षण गरे। यस अवधि मन्त्री शर्माले मन्दिर परिसरमा निर्माणाधीन विभिन्न पूर्वाधारहरूको निरीक्षण गरी कार्य प्रगतिको जायजा लिए। किराँतेश्वर शिवालय मन्दिरमा थप पूर्वाधार निर्माण हुनु सामूहिक विकास भएकोले निर्माण कार्य गुणस्तरीय हुनुपर्ने मन्त्रीले ठेगादार साथै मजदुरहरूलाई निर्देश दिए। सिक्किमको एक धार्मिक स्थल दक्षिण अनि पश्चिम सिक्किमको संगम मानिने लेग्सेप किराँतेश्वर शिवालय मन्दिरले अहिले विकासको क्षेत्रमा नयाँ पाउलो फेरेको छ। गत २०१९ मा सिक्किममा सरकार परिवर्तन भएपछि क्षेत्र विधायक लोकनाथ शर्मा मन्दिर समितिको अध्यक्ष पदमा नियुक्त हुने छन्।