भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा १८ जनालाई मृत्युदण्डको सजाय

court-symbol-copy

भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला सजाय दिइएको सरकारी मिडियाले बताएको छ। साम्यवादी देश भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानूनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ। सरकारी मिडियाअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वपुलिस अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो। अन्ठाउन्न वर्षीय चिनियाँ नागरिक ली तियान र कथित भियतनामी नेता ३६ वर्षीय ले हो वुलाई पनि मृत्युदण्डको सजाय दिइएको छ। हो चि मिन्ह सिटी पिपुल्स कोर्टअन्तर्गतको पारिवारिक तथा किशोर अदालतमा सुनुवाइपछि उक्त मामिलाका अन्य १४ जनालाई पनि मृत्युदण्डको सजाय दिइएको थियो। उक्त समूहले सन् २०२० को मई र जूनको बीचमा ‘अवैधरूपमा २१६ किलोग्रामभन्दा बढी लागु पदार्थको भण्डार, तस्करी र कारोबार’ गरेको सरकारी समाचार साइट काङ एन न्हान डानले बताएको छ। समाचारमा १६८ किलोग्रामभन्दा बढी ‘सबै प्रकारका लागु पदार्थ’ बरामद गरिएको उल्लेख छ। वुका अनुसार लागु पदार्थको तस्करी कम्बोडियाबाट हो चि मिन्ह सिटीसम्म गरिएको थियो। उक्त शहरमा केही घरेलु प्रयोग गरिएको थियो भने अरु दक्षिण कोरिया लगिएको थियो।     

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *